७ हजार रुपैयामा यौ-न सम्पर्क गर्ने सम्झौता, ट्रकमै पालैपालौ बल-त्कार पछि ह-त्या


 

ते-स्रो लिं-गी अजिता भुजेलको ट्रकमा पालैपालो बला-त्कार त्पयसपछि ह-त्या भएकाे रहस्य खुलेकाे छ । हेटौंडा–११ की तेस्रो लिंगी अजिता भुजेलको बला-त्कारपछि ह-त्या भएको प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ह-त्यामा संलग्न पाँच युवकलाई मंगलबार सार्वजनिक गरेको छ । यही माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको श-व फेला परेको थियो ।

-यौ-न सम्पर्कपश्चात् पैसाका विषयमा वि-वाद भएपछि भुजेलको ह-त्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभएकाे छ । घटनामा संलग्न आरो-पमा प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई प-क्राउ गरेको छ ।

ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी यौन सम्पर्क गरेकाे र सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनको ह-त्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनको ह-त्या गरेर श-व ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेकाे प्रहरीले जनाएकाे छ ।-

प्रकाशित भएको : February 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु