कोरोना कहर : मृ:तकको संख्या ४२६ पुग्यो, संक्रमित हुनेको संख्या २० हजार नाघ्यो


 

एजेन्सी । कोरोना भाइरस प्रकोपबाट मृ:त्यु हुनेको संख्या ४२६ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।

आयोगका अधिकारीहरुका अनुसार सोमबार मात्र कोरोना भाइरसका कारण थप ६४ जनाको मृ-त्यु भएको हो ।

त्यस्तै यो रोगको चीनमा मात्रै संक्रमित हुनेहरु २० हजार भन्दा बढी भएको बताइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण ४२५ काे मृ-त्यु भएको र फिलिपिन्समा एक जनाको गरी ४२६ जनाकाे मृ-त्यु भएको छ । सोमबार मात्रै चीनमा थप दुई हजार ३ सय ४५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

पछिल्लो समाचार अनुसार चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ।

चीनबाहिर नेपालसहितका देशमा गरी १ सय ८० जना भन्दा बढी संक्रमित भएका छन् । विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यस्तै आफ्नै नागरिकको पनि क्वारेन्टाइन गरिरहेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : February 9th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु