
धन्न, चलेका अभिनेत्रीहरुका लागि फिल्म नभए पनि म्युजिक भिडियो भन्ने चिज छ। त्यो पनि नभए टिकटक छँदैछ। प्रशंसकहरुले कहाँ फेला पार्ने र के हेर्ने भन्ने चिन्ता लिइरहनु पर्दैन।
बिहेपछि वर्षा राउतका हातमा नयाँ फिल्म छैनन्। बिहेअघिका ‘दाल भात तरकारी’ र ‘जात्रैजात्रा’ले ५१ दिन मनाइसके। हिट फिल्मकी हिरोइनमा उनी दरिइसकिन्। यस्तोमा जस्तो पायो त्यस्तै फिल्म खेल्ने कुरा पनि भएन। प्रस्ताव राख्नेले पनि झट्टै राख्न नसकेकाले पनि हुनसक्छ, उनी यतिबेला फिल्मविहीन छिन् रे !
त्यसो त फिल्म छानेर गर्ने भन्ने हल्ला फिँजिएपछि आफूकहाँ कम प्रस्ताव आएको हल्ला पनि चलिरहेकै छ। हुन पनि स्क्रिप्ट नपढी के फिल्म गर्नु ? यत्तिको हिट भइसकेपछि यति अडान त राख्नै प-यो नि !
र यो पनि पढ्नुहोस्
अष्ट्रेलियामा खुलेकि वर्षा (हेर्नुहोस् तस्बिरहरु)
जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ ।
‘अष्ट्रेलियाका मुख्य सहरमा अहिलेसम्म करिब दुई दर्जन शो प्रदर्शन भइसकेको छ,” जात्रै जात्रा निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘अहिले पनि प्रदर्शन भइरहेको छ । नेपाली रहेका सहरमा अझै पनि प्रदर्शन हुनेछ ।”
चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र वर्षा राउत अष्ट्रेलियामा छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र देखाउने गरिएको छ ।
‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।
प्रतिकृया दिनुहोस्