छाउगोठ भत्काउँदा पा-प लाग्ने भए, त्यो पाप मै बोकुँला – शृंखला खतिवडा


 

काठमाडौं। पूर्व मिस नेपाल शृंखला खतिवडा कर्णाली प्रदेश प्रहरीद्वारा आयोजित ‘छाउगोठ अन्त्य कार्यक्रम’ का लागि सुर्खेत पुगेकी थिइन्। तीनदिने भ्रमणमा उनले छाउगोठ मात्र भत्काइनन्, स्थानीयको मनमा रहेको ‘पाप’ को ड-र पनि आफ्नै पोल्टामा लिइन्।

‘महिलाहरूमा छाउगोठ नबस्दा आइपर्ने देवताको डर मनभित्र गढेर बसेको छ,’ सुर्खेतको अनुभव साट्दै शृंखलाले भनिन्, ‘गोठ भत्काउँदा पा-प लाग्छ भने त्यो पा-प मै बोकुँला नै लाग्छ भनेपछि उहाँहरूले भत्का-उन दिनुभयो।’

उनका अनुसार सुर्खेतमा छाउगोठ भत्का-उँदा पुरातन सोच बोकेका मान्छेले अप्ठ्यारो मानिरहेका थिए भने नयाँ पुस्ताले राहत। युवाहरू खुसी मात्रै भएनन्, छाउगोठ भत्काउन स्वयम् अघि सरे।

केही समययता सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ। छाउगोठ र महिनावारी बार्ने चलन हटाउने अभियानमा शृंखला पहिलेदेखि सक्रिय थिइन्। सरकारी अभियान क्रममा अहिलेसम्म आठ हजार सात सय छाउगोठ भत्किसकेका छन्। यसबारे संसदमा पनि बहस जारी छ। यसले समाजमा पुर्खौंदेखि चलिआएको कुचलन ‘समाप्त’ हुने विश्वास गरिएको छ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु