वुहानबाट नेपालीलाई उद्दार गर्नुभन्दा पहिला तयारी पूरा गर्नुहोस : चीन


 

२१ माघ, काठमाडौं । चीनले कोरानो प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ । यदि उनीहरुलाई उद्दार गर्ने हो भने विमानस्थाल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श सुझाएको छ ।मंगलबार केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएकी हुन् ।

परीक्षा आउन लाग्दा विध्यार्थीको यतिसम्म चर्तिकला, हसाएर मार्ने भिडियो एकपटक अवस्य हेर्नुहोला

वुहानमा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभाग नियमित सम्पर्कमा रहेको भन्दै राजदूत यान्छीले भनिन्, ‘हुवेई प्रान्त र वुहान नगरपालिकाका विदेश मामिला कार्यालय र सम्वन्धित विश्वविद्यालय उनीहरुलाई राम्रो बन्दोबस्ती उपलब्ध गराउने प्रयासमा छ ।’

महामारी रोकथामका लागि केही रोक लगाउनु स्वाभाविक भएको उनले बताइन् । केही नेपालीलाई चीनमा रोकिएको विषयमा सोधिएको प्रश्नमा उनले विमानस्थलमा चेकजाँच गर्दा उनीहरुको तापक्रम सामान्यभन्दा बढी पाएको बताइन् । उनले भनिन्, यो उनीहरु स्वयं र अरुका लागि जरुरी छ ।’ राजदूत यान्छीले वुहानमा रहेका नेपालीहरुलाई उद्दार गर्ने विषय आफूले पनि सुनेको बताइन् ।

यसका लागि कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उनले भनिन्, यदि नेपालले आफ्ना नागरिकलाई उद्दार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।’

प्रकाशित भएको : February 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु