गाँ:जा के हो मलाई थाहा छैन: मन्त्री बास्कोटा


 

सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गाँ-जा प्रयोगबारे आफुलाई जानकारी नभएको बताएका छन्। सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

उनले आफूलाई खाली गाँ-जा फाँडेको समाचार मात्रै थाहा भएको बताए। ‘मलाइ जानकारी छैन। गाँ-जा प्रयोगको व्यबस्था के छ?,’ उनले प्रश्न गर्दै अगाडि भने, ‘मलाई खाली पत्रकारले लेख्छन् नि पुलिसले यतिउति गाँ-जा फाँडे भन्ने लेख्छन् नि त्यही हो। शिवरात्रीमा खाने के हो अरु सँधै खाने गाँ-जा के हो ? थाहा भएन।’

फाइल तस्विर ।

नेपालमा गाँ-जाको बैज्ञानिक रुपले उत्पादन र अन्य मुलुकहरुमा यसको निर्यात गर्नुपर्ने भन्दै कुरा उठ्न थालेपछि यो बिषयले पनि चर्चा पाएको छ।

प्रतिनिधिसभाको बैठकमा नेकपा सांसद विरोध खतिवडाले विदेशमा धमाधम गाँ-जा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।

अन्तिम पटक अपडेट गरिएको : February 23rd, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु