घाटी थिच्ने र मुख छोप्ने प्रयास गरेका बेला महिलाले कोरोना भएको भनेपछि बला-त्कारी भाग्यो


 

काठमाडौं । एक चिनियाँ महिलाले बलात्का-रको प्रयास गर्ने एक व्यक्तिलाई आफूलाई लागेको खोकी कोरोनाभाइरस भएको भनेर ढाँटेर भगाउन सफल भएकि छन् । २५ वर्षीय सियाओ गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्का-रको प्रयास गरेको प्रहरीले जनाएको छ ।

उक्त व्यक्तिले सेक्सु-यल आक्र-मणको प्रयास गरेसँगै स्वस्थ महिलाले आफू भर्खरै वुहानबाट आएको र कोरोनाभाइरसको संक्र-मित भएको भनेर चिच्याएकि थिइन् ।

त्यसैले आफू घरका एक्लै क्वारेन्टाइनका लागि बसेको उनले बताएकि थिइन् । प्रहरीका अनुसार पीडित यीले खोकीलाई कोरोनाभाइरस भएको भनेर ढाटेकि थिइन् । सियाओले उनको घाटी थिच्ने र मुख छोप्ने प्रयास गरेका थिए । यीको यस किसिमको दावीपछि उक्त अप-राधी डरा-एर भागेका थिए ।

यो घटना जिङसानको बाहिर रहेको पिङबा नगरमा भएको थियो । यो सहर वुहानबाट ३ घन्टाको डाइभिङको दुरीमा रहेको छ ।

यो घटना जिङसान सार्वजनिक सुरक्षा ब्यूरोले सोमबार सामाजि संजालमा पोष्ट गरेको थियो । सियाओ स्थानीय बासिन्दा हुन् र सोही रात उनी पैसा विहिन अवस्थामा परिवारबाट छुट्टिएका थिए ।

उनीसँग पैसा पनि नभएकाले उनले महिलाको कोठाबाट केही पैसा समेत लुटेर लगेका थिए । उनी यीको घरमा प्रवेश गरेपछि उनलाई एक्लै देखेर बला-त्कारको प्रयास समेत गरेका थिए ।

यीले प्रहरीलाई बोलाइन र प्रहरीले पनि तत्काले सहरमा उक्त व्यक्ति खोजी सुरु गरेको थियो । तर सबै मानिसले फेस मास्क लगाएकाले अनुसन्धानमा केही कठिनाई आएको अधिकारीले स्वीकार गरेका छन् ।

तर सोमाबार पछि थोरै समयको अवधिमा सियाओ आफ्ना बुवासँगै फर्किएका थिए । उनले आफ्नो अप-राध स्वीकार गरेका छन् । हाल उनी हिरासतमा रहेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : February 9th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु