९० दिनको लागि ३० जीबीको डाटा, नेपाल टेलिकमले ल्यायो अफरैअफर


 

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकमा विभिन्न अफर ल्याएको छ । टेलिकमले १६ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न अफर सार्वजनिक गरेको हो । टेलिकमले २ वटा डाटा प्याक अफर उलपब्ध गराएको छ । त्यस अन्तरगत ग्राहकले १६०० मा ९० दिनको लागि ३० जीबी डाटा पाउने छन् । ३ हजार रुपैयाँमा १८० दिनको लागि ६० जीबी डाटा पाउने व्यवस्था छ ।

पोस्टपेडतर्फ ३ सयमा ६ सय मिनेटको टक टाइम अथवा ३ हजार एमबी डाटा लिन सकिने टेलिकमले उल्लेख गरेको छ । यो अफर ३० दिनसम्म लागु हुनेछ । टेलिकमले रिचार्जमा पनि विभिन्न अफर दिएको छ ।

२ सय देखि ४९९ सम्मको रिचार्ज गर्दा २ सय एमबी बोनस डाटा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । त्यस्तै ५०० देखि ९९९ सम्मको रिचार्जमा ५ सय एमबी बोनस डाटा र १ हजार भन्दा माथिको रिचार्जमा १ हजार एमबी बोनस डाटा पाउने छन् । रिचार्ज अफर माघ २२ देखि २४ गतेसम्म लागू हुनेछ । अन्य अफर चैत ३० गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।

प्रकाशित भएको : February 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु