बैठक स्थगित गरेर स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर जाने


 

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठक स्थगित गरेर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् । ओली १८ गते सिंगापुर जाने तयारी छ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । यद्यपि प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरुले भने यसबारे जानकारी नभएको बताएका छन् ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि जान लागेका हुन् । उनी यसअघि बैंकक र सिंगापुर गएका थिए । प्रधानमन्त्री भएपछि भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि विदेश गएका छैनन् । यसअघि त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उपचार गराएका थिए ।

प्रधानमन्त्रीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि दुबई भ्रमण रहेको बताइएको छ । त्यही कारण नेकपा सचिवालय बैठक समेत साउन २८ गतेसम्म स्थगित भएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु