कलङ्की अण्डरपासमा ‘हि-ट ए-न्ड र-न’ के-स : टिपरले मोटरसाइकललाई ठ-क्कर दिँदा दुईजनाको घटनास्थलमै मृ-त्यु


 

काठमाडौँ । उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थ-लमै मृ-त्यु भएको छ । मृ-त्यु- हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए ।

अन्दाजी १२ः४५ बजे बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्क-र दिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार मृ-त्यु हुने दुवैजनाको घर रौतहटको कटहरिया हो । टिपरको ठक्क-रबाट मोटरसाइकल चालक १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरीको मृ-त्यु भएको हो ।

यता, दुर्घटनालगत्तै टिपरसहित चालक फरार भएका छन् । डीएसपी बोगटीका अनुसार नम्बर खुल्न नसकेको टिपर र चालक दुवैको खोजीकार्य भइरहेको छ ।

अत्याधिक स्पिडमा रहेको टिपरले मोटरसाइकललाई ठ-क्कर दिएको डीएसपी बोगटीले बताए । उनले भने, ‘कलङ्की आसपास क्षेत्रको सीसीटिभी क्यामेरा हेर्दैछौँ ।’

मृत-कहरुको श-व त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित भएको : February 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु