आजको सुनचाँदीको भाउ यस्तो छ


 

ताजा समाचार । २३ माघ, काठमाडौं :

बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन ।

सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

र यो भिडियो पनि हेर्नुहोस् ।

चिसोको कारण लाग्ने विभिन्न रोगबाट बच्न Dr Kalyan Subedi ले दिए यस्ता सुझाव । पूरा भिडियो हेरेर सम्पूर्ण जानकारी लिनुहोला ।

सर्वसाधारणका लागि सुन बजार : किन्दा सुन, बेच्दा गुन्‍द्र‍ुक

विष्णु बेल्वासे

सुनको मूल्य बढेको मौका छोपेर बाफलकी लक्ष्मी पौडेल सुनका गहना बिक्री गर्न न्युरोड पुगिन्। सुन पसलेले जर्तीबाहेक बजारमा चलेको सुनको भाउभन्दा प्रतितोला चार हजार कममा दिए खरिद गर्ने बताए। उनी एकैछिन अक्क न बक्क भइन्।

आइतबार बजारमा प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको थियो। त्यसभन्दा चार हजार कम मूल्यमा प्रतितोला ६७ हजार ५ सयमा बिक्री गर्न राजी भइन्। त्यो मूल्यमा पनि जर्ती र ज्यालाको पैसा पनि कटाइयो।

एक तोलाको सुनको मूल्य ७१ हजार ५ सय, गहना बनाउन (मेकिङ चार्ज) भनेर त्यसमा चार÷पाँच हजार थप जोडिन्छ। यो हिसाबले एक तोला सुनको गहना किन्न करिव ७५ हजार तिर्नुपर्ने हुन्छ।

तर, त्यही सुनका गहना बिक्री गर्दा भने ६५ हजारभन्दा बढी नपाउने स्थिति छ। पुरानो गहना भन्दै चलेको सुनको मूल्यभन्दा प्रतितोला ४ हजार कम, त्यसमा पनि बनाएको चार्ज कटाइन्छ। अनि जर्तीको मूल्य पनि दिइँदैन।

पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित भएको : February 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु