जग्गा फिर्ता गर्ने सर्तमा नेता पौडेल र न्यायाधीश रेग्मीलाई अख्तियारको उन्मुक्ति : सही कि गलत ? आफ्नो भनाई राख्नुहोस


 

एक सय ७५ जनाविरुद्ध मु-द्दा चलाएको अख्ति-यारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएकाले मु-द्दा नलाग्ने तर्क अख्तियारको छ ।

तर, बालुवाटारका योजनाकारहरूसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मु-द्दा चलाइएको छ । पौडेलका छोरा नवीन र रेग्मीले जग्गा फिर्ता गर्ने बताएकाले मु-द्दा नचलाउने निर्णय भएको अख्ति-यारले आफ्नो मिसिलमा लेखेको छ ।

त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि आयोगले अनुसन्धानको दायरामा तानेन । जब कि जग्गा बकस लिएको भन्दै उनकी श्रीमती उर्मिला शाहविरुद्ध मु-द्दा दा-यर भएको छ ।

अख्तियारले बहालवाला एक न्यायाधीशविरुद्ध समेत मु-द्दा दा-यर गरेको छ । चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमविरुद्ध मु-द्दा दा-यर भएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत रहेका वेला उनी सो प्रकरणमा संलग्न भएको अख्तियारको दाबी छ ।

प्रकाशित भएको : February 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु