बिवाह दर्ताका कारण शिल्पा र छविको केसमा फसेका सचिवको मृ८त्यु, कारण खुलेकाे छैन !!


 

शिल्पा छविको केसमा फसेका काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त जानकारी अनुसार गयराती सचिव प्रकाश पौडेलको निधन भएको हो । सचिव पौडेलले नै शिल्पा र छविको विवाह दर्ता गराएका थिए ।

विवाहमा साक्षी बसेकी निर्देशक सम्झना उप्रेती रौनियार र उनका पति अर्थात सिनियर फोटोग्राफर विकास रौनियार संगै काठमाडौँ महानगरपालिका वडा नं. ८ का सचिव विरुद्ध अख्तियारमा उजुरी परेको थियो । पौडेलको निधन के कारणले भएको भन्ने बारे खुलेकै छैन ।

छवि–शिल्पा प्रकरण : विहेमा जन्त जानेदेखि विवाह दर्ता गर्नेसम्मलाई मुद्दा !

काठमाडौँ । बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन ।

तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास र सम्झना रौनियारसहित विवाह दर्ता गर्ने काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध समेत उजुरी हालेकी छन् ।

शिल्पालाई बहिनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान गरेको र विवाह दर्ता गराएको भनेर काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डङ्गोल बिरुद्ध उजुरी दर्ता गराइएको हेमाको मुद्दा हेरिरहेकी यूनाइटेड नेपाल लिगल सर्भिसेजका लिगल अफिसर तुलसा शर्माले जानकारी दिइन् ।

‘बहुविवाहको मुद्दमा विवाहमा जन्तजानेदेखि भोजखानेसम्मलाई कारबाही हुने प्रवधान रहेको छ । उनीहरु जेल गएको धेरै उदाहरण पनि छन् यस अगाडि,’ शर्माले भनिन् ‘सोही अनुसार विकाश र सम्झनाबिरुद्ध पनि मुद्दा हालिएको हो ।’

शिल्पा र छविविरुद्ध पक्राउ पुर्जी जारी

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी

छविको शिल्पालाई खुल्ला पत्र, ‘ संसारको कुनै अदालत जानु पर्दैन, मेरो अदालत आउनुस् न्याय मिल्नेछ’

छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो,भयो यस्तो सहमति

अभिनेत्री शिल्पाको आरोप–छबिराज ओझाले कुट्दा कानको जाली फुट्यो, प्रहरीमा पुग्यो उजुरी

काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध भने बहुविवाह दर्ता गरेको बिषयमा उजुरी हालिएको छ । वडा अध्यक्षको विषयमा भने धरानमा विवाह दर्ता हुनु पर्ने विषयमा यहाँ दर्ता गरिएको भनेर उजुरी गरिएको छ ।

शर्माका अनुसार छविले धरानबाट अहिलेसम्म पनि बसाइसराई नगरेकोले विवाह काठमाडौं महानगरपालिका वडा नं. ८ मा दर्ता गर्न मिल्दैन ।
यस विषयमा आफुलाई आधिकारीक पत्र आइनसकेको काठमाडौँ महानगरपालिका वडा नं. ८ अध्यक्ष दिनेश डङ्गालेलले बताए । विवाह दर्ता गर्ने अधिकार आफ्नो नभएर सचिवको भएको अध्यक्ष डंङेलले बताए । छविले ल्याएको सम्बन्ध विच्छेदसम्बन्धि कागजात र वडाभित्र भएको सम्पत्तिको लालपुर्जाको आधारमा बिवाह दर्ता गरिएको उनले खुलाए ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु