सांसद झपट रावलले संसदमै भने : ‘दैनिक १० जना भ्रष्टाचारीले हामफालेर म!रे*को सुन्‍न पाऊँ’


 

सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्।

ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आ8त्म ह८त्या गरेको बारेमा बोल्दै सांसदहरुले भ्रष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्ने मत राखे।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृ८त्यु दण्ड दिनुपर्ने बताए। त्यस्तै कडा अभिव्यक्ति सत्तारुढ दल नेकपाका सांसद झपट रावलले पनि दिएका छन्। संविधान संशोधन गरेर भ्रष्टाचारीलाई मृ८त्यु द८ड दिऊँ : प्रेम सुवाल सांसद कँडेलको दाबी : प्रधानमन्त्री निवासको जग्गा प्रकरणमा ठूला नेता जोगाउन कांग्रेस कार्यकर्ताको ‘ह८त्या’ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका युक्त श्रेष्ठको ह८त्या भएको दाबी गरेपछि नेकपाका सांसदहरुले फरक र कडा भनाइ राखेका हुन्।

कँडेलको भनाइको जवाफ दिँदै सांसद रावलले निर्दोषहरुले आ८त्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले म र्नै पर्ने बताए । ‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर म८र्ने अवस्था आउनुर्छ’, रावलले भने, ‘दिनको १० जना भ्रष्टाचारी म!रे*को भन्ने खबर सुन्‍न पाइयोस।’

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु