चौधरी परिवारले जा हेरी दिए लगत्तै कार्की परिवारले पनि जाहे री दर्ता गरायाे

 

काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृ`त्यु भएको घ`टनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।

पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए। उनका अनुसार जाहेरीमा घटनाको अनु`सन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ। कि`टानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उनकी श्रीमती मुनाको ह`त्या भएको थियो भने चौधरीले झु`ण्डिएर आ`त्मह´त्या गरेका थिए। आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उप`चारका क्रममा स्टार अस्पतालमा मृ`त्यु भएको थियो। टाउकामा लागेको ग`म्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन्।

महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आ`त्मह`त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ। यद्यपि पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआ`एसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताए। उनीहरुको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत उहाँले बताए। चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए।

प्रकाशित भएको : February 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु