कर्मचारीहरुको लागि आयो अहिलेसम्मकै खुशीको खबर ?


 

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमले कर्मचारीहरुको तलब वृद्धि गर्‍यो ।

सरकारले तीन वर्षपछि कर्मचारीको तलब वृद्धि गरे पनि अर्थ मन्त्रालयले तलवको संरचना टुङ्गो नलगाउँदा आफ्नो बढेको तलवबारे वहालवाला र पेन्सनवाला दुबै कर्मचारीहरु अन्योलमा छन् । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बढेको तलब संरचना टुङ्गो लगाउन ढिलाइ गर्दा बहालवाला र पेन्सन लिने सबै कर्मचारी तलव बढे पनि हातमा कति रकम पर्छ भन्नेमा अन्योलमा छन् ।

गत जेठ १५ गते सार्वजनिक चालु वर्षको बजेटले राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशत र राजपत्र अनंकित श्रेणीका कर्मचारीको तलब २० प्रतिशतले बढाउने घोषणा गरेको थियो ।

त्यसअनुसार श्रेणीविहीनदेखि मुख्य सचिवसम्मका बहालवाला र अवकाश लिने सम्पूर्ण कर्मचारीको तलब संरचना टुङ्गो लगाउन बाँकी छ । तलब संचरना टुङ्गो लगाउन ढिला हुँदा निवृत्तभरणमा जाने कर्मचारीलाई पूरानै आधारमा पेन्सन हिसाब गर्दै पठाउने गरिएको छ ।

निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख हेमन्तराज निरौलाले अर्थ मन्त्रालयबाट नयाँ तलब संचरना प्राप्त नभएकाले पूरानै हिसाबमा पेन्सन दिने गरी सम्बन्धित किताबखानाबाट लेखिपठाइएकाले आफूहरुले त्यसैअनुसार व्यवस्थापन गरिदिएको जानकारी दिएका छन् ।

मन्त्रालयले नयाँ तलब संचरना टुङ्गो नलगाउँदा अवकाशमा जाने कर्मचारीले आफूले साउनपछि कति पेन्सन पाउँछु भन्ने जानकारी समेत पाउन नसकिरहेको बताउँछन् ।

विगतमा असार अन्तिममा आउने बजेटले बढाउने तलब र त्यसअनुसारको संरचना पनि साउनको पहिलो साता नै टुङ्गो लाग्ने गरेकोमा यस पटक मन्त्रालयबाटै ढिलाइ भएको छ । मन्त्रालयका अनुसार बजेट तथा कार्यक्रम महाशाखाअन्तर्गत केन्द्रीय बजेट हेर्ने उपसचिव थानप्रसाद पंज्ञानी अमेरिका भ्रमणमा रहेकाले पनि यसमा ढिलाइ भएको जनाइएको छ । बजेट तथा कार्यक्रम महाशाखाले यो काम टुङ्गो लगाउन ढिलाइ गरेपछि अहिले सहसचिव रामशरण पुडासैनीलाई यो कामको जिम्मेवारी दिइएको जनाइएको छ ।

PREVIOUS

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु