नुवाकोटको सरकारी कार्यालयमा बम वि’स्फोट, रौतहटमा आगजनी


 

काठमाडौं । नुवाकोट र रौतहटका सरकारी कार्यालयमा अज्ञात समूहले बम वि’स्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम वि’स्फोट गराएका हुन् । वि’स्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।

ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम वि’स्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् । बम वि’स्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।

बनेपा बजारमा बम बि’स्फोट, तीन वटा एनसेल टावर जलाइयो

काठमाडौ । काभ्रेको बनेपा बजारमा भर्खरै बम वि’स्फोट भएको छ । अहिले मध्यराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बि’स्फोट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने, बि’स्फोट भएको जानकारी हामीले पाएका छौं। घटनास्थलमा प्रहरी पठाइएको छ। क्षतिको कुनै विवरण भने आएको छैन,।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले बि’स्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।

यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आ’गजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आ’गजनी गरिएको हो। पूर्ण बिवरण आइसकेको छैन । बारम्बार फलोअपमा छौ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु