१० करोड अस्ट्रेलियन अवैध डलरसहित विपीन थापा अस्ट्रेलियामा पक्राउ


 

सिड्नी । करीब १० करोड अस्ट्रेलियन डलर अ वै ध रकम कारोबारमा २९ वर्षीय विपीन थापालाई अस्ट्रेलियन प्रहरीले प क्रा उ गरेको छ ।

प क्रा उ पर्ने अन्य व्यक्तिहरूमा ३० वर्षीय गगनदीप फावा र उनका पार्टनर ३० वर्षीय गोपाली दल र ३१ वर्षीय मनमिन्दर सिंह रहेका छन् । उनीहरूलाई अस्ट्रेलियन प्रहरीले गत बिहीबार २५ जुलाईमा पक्राउ गरेको थियो ।

३० वर्षीय नितिन कपिलालाई प्रहरीले गत शुक्रबार २६ जुलाईका दिन एयरपोर्टबाट भाग्ने क्रममा पक्राउ गरेको थियो ।

गगनदीप फावा नाइके रहेको यो समूहले तीनदेखि चार वर्षको अवधिमा ८ देखि १० करोड अष्ट्रेलियन डलरको अवैध रकमको कारोबारका साथै हुण्डी कारोवार गरेको भेटिएको प्रहरीलाई उद्धृत गर्दै अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन् ।

सिड्नी मर्निङ हेराल्डका अनुसार यो समूहले दक्षिण–पश्चिम सिड्नीमा ‘एस्योर प्रोटेक्सन सर्भिसेस’ नामक सेक्युरिटी कम्पनीको खोल ओढेर अस्ट्रेलिया भित्र तथा बाहिरका आ परा धिक समूहबाट अवैध पैसा लिएर विभिन्न बैंकहरूमा जम्मा गरेर फेरि ती आ परा धिक समूहलाई पैसा दिँदै आएका थिए ।

प्रहरीका अनुसार गत वर्षको डिसेम्बर १७ तारिखमा सो समूहका सदस्यले एकै दिनमा सिड्नीको फ्लेमिङटन र कन्कोर्डस्थित बैंकहरूमा नौ पटकसम्म गरी जम्मा ४ लाख ४५ हजार अस्ट्रेलियन डलर जम्मा गरेका थिए ।

प्रहरीले सो कम्पनी दर्ता भएको ठाउँमा छापा मार्दा ४ लाख अस्ट्रेलियन डलर नगद, पैसा गन्ने मेसिन तथा तीन वटा सवारी साधनसमेत बरामद गरेको छ ।

देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्रि रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका थापालाई स्थानीय पारामाटा लोकल कोर्टमा उपस्थित गराइएको थियो। उनले जमानतको लागि निवेदन दिएका थिएनन् । उनी पुनः आगामी सेप्टेम्बर १२ तारिखमा पारामाटा लोकल कोर्टमा उपस्थिति हुने बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र आगामी दिनमा अरू केही व्यक्तिहरू पक्राउ पर्न सक्ने जनाएको छ ।

प्रकाशित भएको : July 31st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु