मनोज गजुरेलको दनक-‘करोड-करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् ,लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट

 

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । समाचार बाहिरिएसँगै हास्यकलाकार मनोज गजुरेलले समेत यस विषयमा प्रतिक्रिया दिएका छन् ।

हाल रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज रहेका उनले कमेडियनको पन्चलाइन राम्रो भएमा करोडको पन्चलाइन भन्ने गरेका थिए । उनले कमेडी च्याम्पियनमा यसरी करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो बाहिरिएपछि धेरैले यस विषयमा गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा मिमहरु बनाइएका छन् ।

गजुरेलले ट्वीटरमा लेखेका छन् ‘करोड(करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन ।

‘मुख्य जिम्मेवार’ भन्ने ‘पञ्चलाईन’ पनि बिजोग थियो । तर, त्यही लार्ईनबाट झण्डै सत्तरी करोड हान्दिए । ह्याशट्याग राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ ।’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।

अन्तिम पटक अपडेट गरिएको : February 23rd, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु