
कक्षा ११/१२ मा प्रत्येक विषयमा D+ वा सो भन्दा धेरै ग्रेड ल्याउने विद्यार्थीले यहि श्रावण २८ गते देखि ट्रान्सकिप्टको लागि आवेदन दिन सक्ने छन् ।
के हो ट्रान्सकिप्ट ?
कुनै पनि बिद्यार्थीले ११ र १२ मा प्राप्त गरेको अंक सहितको औषत निकालेर दिने कागजलाई ट्रान्सकिप्ट भनिन्छ । जस्तो तपाइँको ११ मा जीपीए ३.४ र १२ मा ३.६ आएको छ भने त्यसको औषत ३.५ हुन आउँछ । अब तपाइँले प्लस टुमा ३.५ जीपीए आयो भनेर भन्नुपर्ने हुन्छ ।
यसमा बिषयगत औषत भने निकालिदैन । फेरी यसको मतलब ११ को अंग्रेजीमा बी र १२ को अंग्रेजीमा ए प्लस आएमा औषत ग्रेड ए हुन्छ भन्ने चै हैन । पहिले ११ र १२ को सबै बिषयको भिन्दाभिन्दै कुल जीपीए निकालेर मात्र औषत निकाल्ने गरिन्छ । जस्तो तपाइँको ११ मा कुल जीपीए ३.४ र १२ मा जीपीए ३.६ आएको छ भने त्यसको औषत ३.५ भनेर ट्रान्सकिप्टमा उल्लेख गरिन्छ, ११ र १२ मा प्राप्त गरेको ग्रेड सहित !
ट्रान्सकिप्ट कस्तो हुन्छ ?
२०७५ सालमा जारि गरिएको ट्रान्सकिप्ट तल दिइएको छ ।
ट्रान्सकिप्ट कसरी बनाउने ?
ट्रान्सकिप्ट बनाउनको लागि तल उल्लेख गरीए अनुसार आफुले अध्ययन गरेको बिद्यालयको ठेगाना अनुसारको परीक्षा बोर्ड कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ । जस्तै: तपाइँले ललितपुर जिल्लामा अवस्थित कलेजबाट प्लस टु सक्काउनुभएको हो भने तपाइले काठमाडौं, सिनामंगल स्ठित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा कागजात सहित निवेदन दिनुपर्ने हुन्छ । कुन जिल्लाको ट्रान्सकिप्ट कुन जिल्लामा बनाइन्छ भन्ने तल दिइएको छ ।
जिल्ला अनुसारको ट्रान्सकिप्ट बनाउने परीक्षा बोर्डको कार्यालयको बिवरण
ट्रान्सकिप्ट बनाउन खर्च कति लाग्छ ?
तपाइँले ट्रान्सकिप्ट मात्र नभएर प्रोभिजनल र माइग्रेसन प्रमाणपत्र समेत लिनुपर्ने हुन्छ । प्रोभिजनल र माइग्रेसन प्रमाणपत्र उच्च शिक्षा अध्ययनको लागि नभई हुदैन भन्दा फरक पर्दैन । त्यसैले नियमित बिद्यार्थीहरुका लागि यी तिनै कागजपत्र बनाएको शुल्क ११००/- लाग्नेछ । १२ मा ग्रेडबृद्दी परीक्षा दिने बिद्यार्थीले भने थप ३5०/- रुपयाँ तिर्नुपर्ने हुन्छ । उक्त रकम तपाइले कुनै बैकमा नभई राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा बुझाउनु पर्ने हुन्छ । रकम बुझाइसकेपछी तपाइँले बुझाएको रशिद समेत प्राप्त गर्नुहुने छ ।
ट्रान्सकिप्ट बनाउन के के कागजपत्र चाहिन्छ ?
निम्न कागजपत्रको फोटोकपी अनिबार्य रुपमा चाहिन्छ ।
– SEE को ग्रेडसिट
– ११ को ग्रेडसिट
– १२ को ग्रेडसिट (इन्टरनेटबाट प्रिन्ट गरेको भए पनि हुन्छ)
नोट: ट्रान्सकिप्ट बनाउन कुनै पनि कागजपत्रको सक्कली प्रति चाहिदैन ।
आफ्नो ट्रान्सकिप्ट बनाउन आफै जानु पर्छ ?
पर्दैन, माथि भनेअनुसारको ३ ओटा कागजपत्र लिएर आवेदन जसले बुझाए पनि हुन्छ ।
आवेदन दिएको कति दिनमा बन्छ ?
कार्यालय समयको ५ दिन भित्र बन्छ । आइतबार आवेदन दिने हो भने शुक्रबार लिन जानु राम्रो हुन्छ ।
धनगढीमा प्लस टु पढेको बिद्यार्थीले काठमाडौंबाट ट्रान्सकिप्ट बनाउन पाइन्छ ?
पाइदैन, जिल्ला/अन्चल स्थितकै कार्यालयमा जानुपर्ने हुन्छ ।
कहिलेसम्म बनाउन पाइन्छ ?
एक बर्ष पछि पनि बनाउन पाइन्छ । यसमा कुनै समयसिमा छैन ।
थप जानकारी: ट्रान्सकिप्टको निवेदन आइतबार देखि बिहीबारसम्म दिउसो २:३० बजे सम्म लिइन्छ र शुक्रबार भने मध्यान्ह १२ बजे सम्म मात्र लिइन्छ । त्यसैले समय सक्किनु भन्दा अगाबै पुग्नुहोला ।
अर्को जानकारी: तपाइँको कुनै पनि कागजपत्रमा नाम/थर, जन्ममिति बिग्रेको छ, बिषय फरक परेको छ भने नेपालभर जुन सुकै ठाउँबाट पनि सानोठिमी स्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय आउनुपर्ने हुन्छ ।
अझै अर्को जानकारी: मलाई एकदमै हतार छ, म ५ दिन कुर्न सक्दिन, बरु धेरै पैसा तिर्छु, छिटो चाहियो भनेर कुनै पनि हालतमा पाइदैन ।
अन्तिम जानकारी: ट्रान्सकिप्ट बनाइसकेपछि ११/१२ को ग्रेडसीट पनि सुरक्षित साथ राख्नुहोला । किनकि ग्रेडसिट पनि जीवनको कुनै मोडमा नभई नहुने हुन सक्छ ।
अब त सबै कुरा बुझ्नुभयो होला नि ? मन परेमा सेयर गर्नुहोला है त् !
प्रतिकृया दिनुहोस्