
फ्रान्समा साउदी अरबकी राजकुमारी हासा बिन्त सलमान अल सउदले पैतला चु*म्न लगाएको भन्दै एक युवकले उनी वि रु द्ध मु द्दा दर्ता गराएका छन् ।
सामान्य फर्निचर उद्योगमा मजदुरी गर्ने ती युवकलाई राजकुमारी हासाले अंगरक्षक मार्फत कु ट पि ट गरेर खुट्टाको पैतला चु म्न बाध्य बनाएको आ रो प छ ।
यद्यपी यो घटना भने सन् २०१६ सेप्टेम्बर को हो । पी डि त युवकका अनुसार उनी फर्निचरको काम गर्नका लागि फ्रान्सको पेरिसस्थित एब्सेन्शियाको एवेन्यू फोक लक्जरी अपार्टमेन्ट पुगेका थिए । उनले काम सकेलगत्तै मोबाइलबाट फर्निचरको फोटो खिचे । त्यही क्रममा राजकुमारीले क्यामेराको फ्ल्याश देखिन् र आफ्नो तस्बिर खिचिएको ठानेर अंगरक्षकमार्फत् कु ट पि ट मात्र गरिनन् खु ट्टा को पैतला चु म्न समेत लगाइन् ।
कु ट पी टबाट पी डि त बनेका ती युवकले घ ट ना भएकै दिन पुलिसमा मु द्दा दर्ता गराएका थिए । सोधपुछपछि पुलिसले राजकुमारीलाई छोडेको थियो र उनी साउदी फर्किएकी थिइन् ।
राजकुमारीसँग कुनै प्रकारको सम्पर्क नहुँदा सन् २०१७ मा उनीविरुद्ध प क्रा उ पुर्जी जारी भएको थियो । पछि उनी बडीगार्ड सहित अदालतमा उपस्थित भएको र सबै आ रो प गलत भएको दाबी गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्