योगेश भट्टराईलाई गगन थापाले भने : दाई ! तपाईँको सफलता पार्टीसँग मात्र जोडिएको छैन


 

काठमाडौँ, १५ साउन । नेपाली काँग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुभकामना दिएका छन् ।

भट्टराईले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ खाएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

उनले मन्त्रीका रुपमा भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र नजोडिएको बताएका छन् । भट्टराईको सफलता उनले आफ्नो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको थापाले उल्लेख गरेका छन् ।

‘दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्’, थापाले भनेका छन्, ‘मन्त्रीको रूपमा तपाईको सफलता तपाईं र तपाईं पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना ।’

को हुन् योगेश भट्टराई ?

योगेश भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो ।

उनले अखिलमा विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा बसेर काग गरेका थिए । भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका हुन् ।

भट्टराईले स्कुल पढ्ने बेला झापा वि!द्रो!ह!को समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कुल पढ्ने समयमै वामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमीकै थिए ।

उनी २०४० सालमा पञ्चायत वि!रो!धी आ!न्दो!ल!नका क्रममा केन्द्रीय का!रा!गा!र!मा पहिलो पटक जे!!ल परेका थिए । २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भएका भट्टराई २०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका थिए । त्यसपछि भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए ।

२०६२/६३ को जनआ!न्दो!ल!नमा एमाले काठमाडौँ उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौँ महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भएका थिए ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँबाट पराजित भएका उनी गएको प्रतिनिधिसभमा निर्वाचनमा भने ताप्लेजुङबाट भारी मतका साथ विजयी भएका थिए ।

भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।

उनले भारत, चीन, अमेरिका क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरिसकेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : November 9th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु