सुत्केरी बेथा लागेर २० वर्षीया अनरुपा स्वास्थ्यचौकीमा पुगिन, तर आफु पनि संसारबाट बिदा लिईन् पेट भित्रको बच्चाले पनि संसार देख्न पाएन !


 

हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृ*त्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृ*त्यु हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृ*त्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिनुभयो ।

मृ*तक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पु¥याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृ*त्यु भएको प्रमुख मगियाले जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ ।

खतरनाक भाइरसबाट संसारका २.५ करोड मोबाइल प्रभावित, आफ्नो फोनबाट हटाई हाल्नुहाेस्

एजेन्सी– एन्ड्रोइड स्मार्टफोन सुरक्षाको दृष्टिले सधैँ नै जोखिममा रहने गर्छ । जसका कारण प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण कसै न कसैबाट चोरी भइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । पछिल्लो समय एन्ड्रोइड स्मार्टफोन मालवेयर अर्थात भाइरसको आक्रमणमा पर्न थालेका छन् ।

सेक्युरिटी फर्म चेकपोइन्टले सार्वजनिक गरेको एक रिपोर्टले संसारका २ दशमलब ५ करोड एन्ड्रोइड फोन एजेन्ट स्मिथ मालवेयरको चपेटामा परेको दावी गरेको छ ।

रिपोर्टअनुसार भारतमा मात्रै यस भाइरसबाट १ दशमलब ५ करोड स्मार्टफोन प्रभावित भएको उल्लेख गरिएको छ ।

यो भाइरस प्रयोगकर्ताले पनि थाहै नपाई स्मार्टफोनमा प्रवेश गर्ने बताइएको छ । विशेष गरी गुगलसँग सम्बन्धित एपको माध्यमबाट यो भाइरस पत्तै नपाई स्मार्टफोनमा प्रवेश गर्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो भाइरसले प्रयोगकर्ताको फोनमा अगाडि नै रहेको एपलाई भाइरस भएको एपमा परिवर्तन गर्ने गर्दछ । मालवेयर भाइरसबाट भारतका साथै पाकिस्तान, बंगलादेश, बेलायत, अस्टे«लिया र अमेरिकाका स्मार्टफोन प्रयोगकर्ता प्रभावित भएका छन् ।

प्रकाशित भएको : August 1st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु