पेटको समस्या समाधानका लागि यि घरेलु खानाको प्रयोग गर्नुहोस्, आउनेछ तत्कालै यस्तो परिवर्तन


 

हामी प्राय पेट र स्वास्थ्य भन्दा पनि इच्छा र स्वादका लागि पनि कैयौ खाना खाईरहेका हुन्छौ । जसले गर्दा कहिले काही हामी स्वास्थ्यलाई असर पुग्ने खाना खान पुग्छौ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ । समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै पेटमा हुन्छ ।

यदी हामीले खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खायौ भने पेटमा ग्यास बन्न रोकिन्छ । अनी एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ ।

यदी दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्यौ भने ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ ।पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ ।
माैसमी रूघाखाेकी र ज्वराेकाे घरेलु उपचार

आजभोलि भाइरस वा विषाणुले हुने ज्वरो फैलिएको छ। यो साना ठूला सबैलार्इ आउन सक्छ।

यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै हानि हुन सक्छ।

घरैमा पूर्ण विश्राम, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आइञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।

रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले धेरै लाभ हुन्छ।

प्रकाशित भएको : August 1st, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु