बुढानिल्कण्ठको दर्शन गरि भोलिको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !


 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्र सँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैनी बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागिर आउनेछ । उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन्न सकिनेछ । पढाई लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढी अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरूभन्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । बिहानको समय राम्रो रहेकोले पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्नेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ भने व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरूको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरू अरूकै पोल्टोमा पर्नेछ । विदेश यात्रा तथा विदेशी लगानी बाट सञ्चालित सस्ताहरूमा काम पाउने गतिलो सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् । बिहानको समय राम्रो रहेकोले पैतृक सम्पत्तिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानी सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा,आकाङ्क्षा तथा मनोकामना पुरा हुनेछन् । समाजमा तारिफयोग्य काम गर्दे उपलब्धि हासिल गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगार सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन्न सकिनेछ । शत्रु परास्त हुनेछैन भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन्न सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन्न सकिने हुँदा मन प्रसन्न रहनेछ

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन्न सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ । बिहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा मनमुटाब बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरिन मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम परसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंक्तिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । स्कुल,कलेज बै‌ंक तथा वित्तीय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफूले मन पराएको मानिसबाट उपहार तथा विलासी बस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढवा हुने योग रहेको छ । वंश वृद्धिको योगलाई नकार्न सकिँदैन । बिहानको समय मध्यम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेको छ ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु