अन्जु पन्त र विशाल श्रेष्ठको ‘तिमीलाई छोडेर’ गीत सार्वजनिक (भिडियो)


 

ताजा समाचार । ५ चैत काठमाडौं :

सदाबहार गायिका भनेर चिनिने अन्जु पन्तको नयाँ गित सार्वजनिक भएको छ । अन्जु पन्त र विशाल श्रेष्ठको स्वर रहेको गित सार्वजनिक भएको हो ।

बाल्यकालदेखी नै गायनमा रुची भएका गायक श्रेष्ठ पेशाले सिभिल इन्जिनियर पनि हुन् ।

तर उनको गायक बन्ने ठुलो सपना भएकाले हालै मात्र गायिका पन्त सँग सहकार्य गरेका हुन् ।

गीतमा म्युजिक र लिरिक्स निम श्रेष्ठको रहेको छ । एक छिन पनि आफ्नो प्रेमीलाई छोड्न मन नभएको भावले भरिएको गीतमा राजन ढकाल र सुजना ढकालले अभिनय गरेका छन् ।

साथै भिडियोको कोरियोग्राफी शिभ बिक गरेका हुन् । एरेन्जेर निम संगीत कै रहेको छ । गीत अमर प्रेम म्युजिक नामक युटुब च्यानलबाट अफिसियल रिलिज गरिएको छ ।

भिडियो :

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु