मेलम्ची आयोजनाको पाइप सफा गर्दा २५ वर्षिय सुरेश र उनका भाइ २० वर्षिय शशिकान्तले ज्या*न गु मा ए


 

काठमाडौँ, १७ साउन । काठमाडौँको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको ज्या न गएको छ ।

शुक्रबार बिहान ०९:५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा उनीहरुको ज्या न गएको हो ।

मेलम्चीको पानीको पाइप गाड्नको लागि जमिन खन्दै गरेका मजदुरहरु । फाइल तस्विर

यसरी ज्या न गुमाउनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र उनका सहोदर भाइ २० वर्षीय शिककान्त साह रहेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।

बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए । लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।

महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाका अनुसार अर्धचेत अवस्थामा बाहिर निकालिएका दुवैलाई तत्काल शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पतालले दुवैलाई मृ**त घोषणा गरेको प्रहरीले जनाएको छ ।

अहिले उनीहरूको श**व शिक्षण अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु