‘बच्चनको नाम खराब गरिरहेका छौ, अभिनय छोडिदेऊ’ भन्दै अभिषेकलाइ एक महिलाले थप्पड हानेपछि …


 

अभिनेता अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट बलिउडमा डेब्यू गरेका हुन्। त्यसपछि उनले लगभग १५ वटा फिल्मका काम गरे तर सबै फिल्म फ्लप भए। डेब्यू गरेको चार वर्षपछि फिल्म ‘धुम’ हिट भयो। जसले अभिषेकलाई पहिचान दियो। फिल्म क्षेत्रमा आउनुअघि अभिषेक बुबा अमिताभ बच्चनको कम्पनी एबीसीएलमा ड्राइभरको काम गर्थे।

एक अन्तर्वार्तामा उनले यो कुरा खुलाएका थिए। उनले अभिनेता अरसद वारसी र चन्द्रचूण सिंहलाई सेटमा घरबाट ल्याउने र पुर्‍याउने काम गर्थे। ‘बुबाको कम्पनीमा म प्रोडक्सन असिस्टेन्ट र ड्राइभर थिएँ,’ अभिषेकले भनेका थिए, ‘हरेक बिहान अरसद र चन्द्रचूणलाई उनको घरबाट सेटमा पुर्‍याउँथेँ र बेलुका सेटबाट घर पुर्‍याउँथेँ।’

अभिषेकलाई एमबीए पढ्न विदेश पठाइएको थियो। तर, उनी पढाइ बीचमै छोडेर फर्किए। उनलाई अभिनयमा रुचि थियो। अमिताभ बच्चनका छोरा भएकाले निर्देशकहरूसँग सजिलै भेट्न पाउँथे। तर, उनीहरू काम चाहिँ दिँदैनथे। ‘कोही चाहिँ सीधै अस्वीकार गर्थे,’ अभिषेकले भने, ‘कोही चाहिँ बहाना बनाउँथे। दुई वर्षसम्म मैले ‘रिजेक्सन’ सहेँ।’ एउटा कार्यक्रममा निर्देशक जेपी दत्तासँग उनको भेट भयो। दत्तासँग अभिषेकले फिल्म ‘रिफ्युजी’ मा काम गरे।

त्यसको चार वर्षसम्म उनले सफलताको स्वाद चाख्न पाएनन्। सन् २००२ मा फिल्म ‘शरारत’ रिलिज भएपछि उनी पब्लिक रिभ्यू हेर्न एक सिनेमा हल पुगेका थिए। त्यहाँ ‘बच्चनको नाम खराब गरिरहेका छौ, अभिनय छोडिदेऊ’ भन्दै उनलाई एक महिलाले झापड हानेकी थिइन्। सन् २००४ मा ‘धुम’ हिट भयो। तैपनि, बुबा अमिताभबाट उनले आफ्नो कामको प्रशंसा सुन्न पाएनन्। डेब्यूको सात वर्षपछि फिल्म ‘गुरु’ रिलिज भयो। फिल्म हेरेपछि थिएटरबाहिर आएर अमिताभले छोरालाई अँगालो हालेका थिए। उनको कामको प्रशंसा गरेका थिए।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु