विराट कोहलीले लगातार दिइरहेछन् रोहित शर्मासंग झगडाको संकेत


 

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच झगडाको खबरबीच अहिले भारतीय टोली वेष्ट इण्डिजविरुद्धको सिरिजका लागि अमेरिकामा छ ।

सिरिजमा सुरुवाती २ खेल अमेरिकामा खेलिनेछन् । शनिबार फ्लोरिडामा खेलिने पहिलो टि–२० अगाडि विराटले आफ्नो टिमका केही साथीहरुसँग एक फोटो पोस्ट गरेका छन् जसमा लेखिएको छ ‘स्क्वाड’ ।

तस्वीरमा रविन्द्र जडेजा, नवदीप सैनी, खलील अहमद, श्रेयस अय्यर, क्रुणाल पंड्या, भुवनेश्वर कुमार र लोकेश राहुलले पोज दिएका छन् । फोटोमा उपकप्तान रोहित शर्मा छैनन् । फोटोमा रोहित नदेखिएसँगै विराट र रोहितबीच झगडाको हल्ला सत्य भएको संकेत देखिएको छ ।

विराटले यसअघि पनि वेष्ट इण्डिज जानुअघि एक फोटो पोस्ट गरेका थिए । त्यो फोटोमा पनि रोहित थिएनन् । फोटोमा लगातार रोहित नदेखिएपछि फ्यानले टिममा विवाद नभए रोहित कहाँ छन् भनेर सोधेका छन् ।

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु