जु*वाडेले श्रीमतीलाई दा*उमा हाले, हारेपछि साथीहरु सबैले बला*त्कार गरे


 

काठमाडौं। महाभारतमा पाण्डवहरुले श्रीमतीलाई नै जुवाको दाउमा हालेर हारेको कथा हामीले सुनेकै छौं । त्यो द्वापरयुगको कथा थियो । तर, अहिले कलियुगमा पनि एक जुवा*डेले श्रीमतीलाई दा*उमा हालेर हारेका छन् । उनले जु*वामा श्रीमती हा*रेपछि सँगै जुवा खेलेका सबै साथीहरुले उनकी श्रीमतीलाई सामूहिक बला*त्कार गरेका छन् । त्यो पनि एक पटक होइन । ती जुवालेले यस्तै गरी २ पटक श्रीमतीलाई जुवामा हारेर जुवाडे साथीहरुलाई बला*त्कार गर्नको सुम्पिदिएका थिए ।

यस घटनामा पुलिसले कुनै कारवाही नगरेपछि पीडित महिला अदालत पुगेकी छिन् । यो घटना भारतको उत्तर प्रदेशको जौनपुरको भएको आज तकको समाचारमा उल्लेख छ । जौनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका ती जँड्या*हा र जुवा*डे पतिले जुवा खेल्दै जाँदा पैसा सकिएपछि श्रीमतीलाई नै दाउमा हालेका थिए । उनले श्रीमती पनि हारेपछि उनका जुवाडे साथीहरुले उनकी श्रमितीलाई सामूहिक बला*त्कार गरे । अहिले अदालतले सबै आरोपीलाई हिरासतमा लिएर कारवाही अगाडि बढाउन आदेश दिएको छ ।

महिलाका अनुसार उनको विवाह शाहगंजमा भएको थियो । उनका पति जुवा*डे र जं*ड्याहा छन् । उनका साथी अरुण र आफन्त अनिल प्रायः घर आइरहन्थे । उनीहरु आएपछि र*क्सी र जु*वा सुरु हुन्थ्यो । एक दिन पैसा सकिएपछि पतिले उनलाई दै दा*उमा हाले र हा*रे । हा*रेपछि अरुण र अनिलले उनलाई सामूहिक बला*त्कार गरे । अपमानबाट आ*हत भएर उनी माइत गइन् । पतिले माइती गएर अब यस्तो ग*ल्ती नगर्ने भनेर मा*फी मागेर उनलाई फर्काएर ल्याएका थिए ।

घर फर्किंदै गर्दा बीचमै गाडी रोखेर पतिले अनिल र अरुणलाई पनि गाडीमा बसाले । दुवैले जुवा*मा हारिएकी हुँदा उनले फेरि पालैपालो बला*त्कार गरे । महिलाले घटनाको उजुरी पुलिसमा गर्दा पुलिसले के*स दर्ता गर्न मानेन । यबाट आहत भएर उनी माइतीमै बस्न थालिन् । पुलिसले कुरा नसुनेपछि उनी अदालत पुगेकी थिइन् । अदालतले घटनालाई गम्भीरको श्रेणीमा राखेर कारवाही अगाडि बढाएको छ ।

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु