मन्जु पाैडेलकी छोरी स्नेहा फिल्ममा डेव्यु गर्दै


 

काठमाडौं / लोक दोहोरी गायिका मन्जु पाैडेलकी एक मात्र छोरी स्नेहा पौडेलले प्रेमगित ३ चलचित्रको मुख्य नायिकाको भूमिकाको लागि अडिसन दिएकी थिईन तर छनोटमा भने पर्न सकिनन् । अहिले स्नेहाले एक वेबसिरिजबाट आफ्नो अभिनयको यात्रा अगाडि बढाउन लागेकी छिन । यहि क्रममा स्नेहाले मिडिया संग भलाकुसारी गर्दै आफु प्रेमगितमा छनोट नहुदाको निराशता देखि नया वेबसिरिजमा अभिनय गर्नुको यात्रा बारेमा खुलेर बोलेकी छिन ।

क्यानाडा नेपाल संग कुराकानी गर्दै स्नेहाले भनिन्: “मैले प्रेमगित फिल्मको ब्राण्ड र मेरो मनपर्ने कलाकार प्रदिप खड्काले गर्दा अडिसन दिन गएकी हु । मलाई नायिका हुने रहर र प्रेमगित जस्तो ब्राण्डमा जोडिएर प्रदिप खड्कासंग काम गर्न पाउनु ठुलो ब्रेक हुन्थ्यो भनेर म अडिसन दिन गएकी हु । तर प्रेमगित ३ मा छनोट नहुदा मलाई दुख लागेको छैन । सायद म त्यो रोलको लागि सुहाउने थिईन होला त्यसैले निर्देशकहरुले अरुलाई रोज्नु भयो ।

प्रेमगित ३ मा छनोट नभए पनि मेरो चाहना प्रदिप खड्का संगै डेब्यु गर्छु ।”स्नेहा लाई रेखा थापा मनपर्ने नायिका हो र रेखा थापा जस्तै नायिका बन्ने चाहना रहेको कुरा खुलाईन । रेखा थापाले जसरी नायकको साहारा नलिई एक्लै नै आफ्नो दममा फिल्म चलाउन सक्ने पावरबाट आफु प्रभावित भएको र आफु पनि त्यस्तै नायिका बन्ने कोशिस गर्ने कुरा उल्लेख गरिन । आफ्नो मामु मन्जु पौडेल संग पनि फ्रेममा काम गर्ने रहर रहेको तर मामुले कहिले जुराईसिन्छ त्यो मौका भन्दै आफ्नो चाहना पनि व्यक्त गरिन ।

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु