मिस इङ्ल्याण्ड बनेकी भारतीय डाक्टर, जो जागिरमा जान रेल पर्खँदै थिइन्


 

इङ्ल्याण्ड : पढाइ र रोजीरोटीको लागि विदेश गएको कुनै युवाले कतिसम्म सफलता हात पार्न सक्ला ?

यस्तै शिलशिलामा परिवारसँगै इङ्ल्याण्ड पुगेकी भारतीय मूलकी एक युवतीले यस वर्षको ‘मिस इङ्ल्याण्ड’को ताज पहिरिएकी छन् । भाषा मुखर्जी नाम गरेकी भाषा एक सामान्य परिवारको प्रतिनिधित्व गर्छिन् । उनका बावु दुर्गा सेफ हुन् ।

२३ वर्षीया भाषा भने पेशाले चिकित्सक हुन् । दुई विषयमा डिग्री गरेकी भाषाले यत्तिको उपलब्धि हासिल गर्न पाउँला भन्ने कहिल्यै नसोचेको प्रतिक्रिया दिएकी छन् । त्यसो त, मिस इङ्ल्याण्डको फाइनल नतिजा आउने दिनको बिहान ४ बजेसम्म पनि उनी अस्पतालमा नयाँ जागिरको लागि जान रेलस्टेशनमा रेल पर्खिरहेकी थिइन् ।

भारतमा जन्मिएकी भाषा इङ्ल्याण्डको दबैस्थित बावुसँग बस्दैआएकी छन् । मेडिकल विद्यार्थी भए पनि उनले पछिल्लो समय मोडलिङ पनि सिकेकी थिइन् । सयौं प्रतिष्पर्धीलाई पछि पार्दै मिस इङ्ल्याण्ड बनेकी भाषाबारे बिहीबारपछि थुप्रै पश्चिमा मिडियाले समाचार बनाउन थालेका छन् । भाषा मिस इङ्ल्याण्ड बन्ने पहिलो भारतीय मूलकी युवती हुन् ।

‘मिस इङ्ल्याण्ड‘को फाइनलमा नेपाली चेली प्रतिष्ठा

बेलायत : नेपालीले मौका र अवसर प्राप्त गरे भने कोही भन्दा पछि छैनन् भन्ने उदाहरण दिएकी छिन् २५ वर्षीया नेपाली मुलकी बेलायती नागरिक प्रतिष्ठा राउत। उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को फाइनलमा पुग्न सफल भएकी छन्।

राउत हङ्गकङ्गमा जन्मेकी हुन्। योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो नेपाली समेत बनेकी छिन्। यस प्रतियोगिताको विजेताले ३५ लाख बराबरको नगद पुरस्कार पाउनुको साथै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन पाउनेछ।

राउत पुर्वगोर्खा सैनिक प्रकाश राउतकी छोरी हुन्। उनी केही वर्ष यतादेखि मोडलिङ्ग गर्दै आएकी छन्। उनी पेशाले आर्किटेक हुन्।

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु