एउटा यस्तो शहर, जहाँ घरजग्गा किन्दा पैसा लाग्दैन, उल्टै सरकारले पुरस्कार दिन्छ


 

काठमाडौँ । घरजग्गा किन्न मानिसहरु कराडौं रुपैयाँ खर्च गर्छन् । तर, इटालीको एउटा सहरमा घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन । उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ । इटालीको केन्डेला सहरका मेयरले घरजग्गा किन्दा ग्राहकले पैसा तिर्नुको साटो उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिने घोषणा गरेका हुन् । यो सहरमा बस्नका लागि घर खरिद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार समेत दिन्छ ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन् । जागिर र राम्रो जिवनको खोजीमा बसाईसराई गर्दै शहर बासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थाले पछि स्थानीय सरकारले यस्तो अफर ल्याएको हो । गाउँमा अहिले केवल बृद्धहरु मात्र रहेकाले उनीहरुको मृत्युपछि सहर नै खाली हुने अवस्था आएको छ । सिएनएनका अनुसार सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार रहेकोमा अहिले घटेर २७ सयमा झरेको छ ।

यो अवस्थाबाट चिन्तित मेयर गाउँमा युवा परिवारहरु आएर घरजम गरुन् र जनसंख्या बढोस् भन्ने चाहन्छन् । सित्तैमा पुरस्कार सहित घर किनेर यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ र, व्यवसायका लागि सरकारले सहयोग समेत गर्नेछ ।

थप जानकारी तलको भिडियो हेरेर लिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु