
काठमाडाैं । डाक्टर सुधांशु केसीले कलेजोमा समस्या तथा कलेजोका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै सल्लाह दिन थालेका छन् ।
उनले फोनबाहेक अन्य माध्यमबाट आएका जिज्ञासाको उचित समाधान दिने गरेका बताएका छन् ।
समाजिक सञ्जाल टुइटरमार्फत उनले एक टुइट गर्दै उनले कलेजोका बिरामीका लागि आफुले सबै जिज्ञासा सकेसम्म समाधान गरेको बताएका छन् ।
देश लकडाउनको अवस्थामा रहेकाले अस्पताल तथा स्वास्थ्यमा जान समस्या भइरहेका बेला डाक्टर केसीले सामाजिक सञ्जालमार्फत बिरामीहरुको लागि चिन्ता व्यक्त गरेका हुन् ।
साथै उनले रोगसँग सम्बन्धित प्रश्नबाहेक अन्य मजाक गर्नेजस्ता कुरा नसोध्न आग्रह गरेका छन् । रक्सी कति पिउन मिल्छ भन्दै केहीले प्रश्न गरेकोमा उनले आपत्ति जनाएका हुन् ।
कलेजो रोगका बिरामीहरुलाई सल्लाह सुझावको लागी मात्र ९८४०८७५९०० नंबर दिएको छु । फोन बाहेक अन्य माध्यमबाट आएको जिज्ञासा सके सम्म समाधान गरेको छु । केहिले रक्सी कती सम्म पिउन मिल्छ भनेर सोध्नु भयो । कृपया यस्तो प्रश्न पठाएर मजाक नगरीदिनु होला । #StayHomeStaySafe
— Sudhamshu K.C. (@Drsudhamshu) April 5, 2020
प्रतिकृया दिनुहोस्