अध्यक्ष प्रचण्ड परिवार दुखि : प्रचण्ड पत्नी सीता बारे आयो अत्यन्तै दुखद र डरलाग्ने खबर !


 

नेपाल तथा सिंगापुरको अस्पतालमा उपचार गराएरसमेत स्वास्थ्यमा सुधार नआएपछि प्रचण्ड परिवारसहित पाँच महिनाअघि अमेरिका पुगेका थिए । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार पश्चात उनलाई निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) लागेको पत्तो लागेको थियो ।यो खबर हाम्रो इकोनोमिमा प्रकाशित छ । सीताले लामो समयदेखि सुगर तथा अन्य दीर्घ रोगहरुको औषधि खाइरहेकी थिइन् । सुगरले गलाएका कारण उनी बेला-बेलामा बिरामी परिरहन्थिन् । तर, यति घातक रोग ‘पीएसपी’ लाग्छ भनेर कसैले अनुमान गरेका थिएनन् ।लगभग १६ महिनाअघि सीतालाई लिएर प्रचण्ड सिंगापुर प्रस्थान गरे ।

सिंगापुर पुग्नुअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्वीर सार्वजनिक भयो । छेउमा बसेका प्रचण्ड निराश देखिन्थे । सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबर त्यतिबेलै बाहिरिएको थियो । तर, त्यतिबेला उनलाई ‘पीएसपी’ रोगले च्यापेको सार्वजनिक भइसकेको थिएन । सिंगापुर पुगेपछि सीताले पानीमा डुबुल्की मारिरहेको केही तस्वीर सार्वजनिक भए । त्यहाँका डाक्टरहरुले ‘सीतालाई पार्किन्सनको लक्षण देखिएको’ बताएका थिए ।त्यसलगत्तै गत कात्तिकमा प्रचण्ड सीतालाई लिएर तातोपानीको कुण्डमा नुहाउन म्याग्दी पुगे । त्यहाँबाट पनि तातोपानीमा डुबुल्की मारेको तस्वीर सार्वजनिक भयो ।

त्यसपछि सीताको स्वास्थ्य अवस्थाबारे फेरि चर्चा भयो । त्यस्तै सात महिनाअघि सीतालाई धापाखेलस्थित सुमेरु अस्पतालको आईसीयुमा एक सातासम्म राखियो । उनका निजी चिकित्सक डा. युवराज शर्माले विभिन्न रोगका कारण उनी थलिएको बताएका थिए । सीताको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएको उनले जानकारी दिएका थिए ।यसरी पटक-पटक श्रीमती बिरामी भएर हैरान भएका प्रचण्डले अमेरिका पुगेपछि बल्ल सीतालाई ‘पीएसपी’ भएको थाहा पाए । त्यसयता प्रचण्डले राजनीतिसँगसँगै परिवारलाई पनि समय दिन थालेको देखिन्छ के हो पीएसपी ? विश्व चर्चित स्वास्थ्य साइट वेभमेडको अनुसार पीएसपी अत्यन्तै कम मानिसहरुलाई देखिन्छ ।

वेभमेडका अनुसार यो रोग लागेका मानिसहरुलाई आफूले के बोलिरहेको छु भन्ने पनि थाहा हुँदैन । आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ । यस्तो रोग लागेको बिरामीलाई एक्लै छोड्नु हुँदैन ।यो रोग लागेपछि पूरै निको हुने उपचार पद्दति र औषधि बनिसकेको छैन । यो रोगले निम्त्याउने समस्याहरू भने व्यवस्थापन गर्न सकिने चिकित्सकहरु बताउँछन् ।लामो समयदेखि ‘पीएसपी’बाट पीडित भएकै कारण प्रचण्डपत्नी सीताले आफूलाई सम्हाल्न सकिरहेकी छैनन् । उनको जटिल रोगलाई हेर्ने चिकित्सकले भनेका छन् कि उनको रोग निर्मूल पार्न सकिन्न । तर, औषधिको माध्यमबाट तत्काल नियन्त्रण गर्न भने सकिन्छ ।

प्रकाशित भएको : August 2nd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु