व्याजदर घटाउन बैकर्स संघमा आन्तरिक सहमति, ऋणीहरूलाई राहत


 

काेराेना भाइरसका कारण उत्पन्न पछिल्लाे अवस्थालाइ दृष्टिगत गरी नेपाल बैंकर्स एशाेसियसनले व्याजदर घटाउने सहमति गरेकाे छ । संघका अध्यक्ष भुवन दाहालले दिएकाे जानकारी अनुसार बैंकहरूबीच पटक पटक छलफल भएपछि व्याजदर घटाउने आन्तरिक सहमति भएकाे हाे ।

यद्यपि यसकाे औपचारिक निर्णय भने भइसकेकाे छैन ।

सहमित अनुसार वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर ५.५ प्रतिशत, व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर अधिकतम ८.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने बुझिएकाे छ । सहमति भएकाे व्याजदर सम्वन्धित बैंकले आफ्नाे बेभसाइटका साथै सार्बजनिक संचारमाध्यमबाट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

व्याजदर घटेसँगै बैंकहरूकाे आधारदर कम हुने हुनाले ऋणीहरूलाइ केही राहत पुग्ने भएकाे छ ।

अब घरमै बसेर आफैं जाच्नुहोस् कोरोना संक्रमणको जोखिम (तरिकासहित)

काठमाडौं – कोरोना महामारी नेपालमा पनि भित्री सकेको छ। हालसम्म ९ जनामा यसको संक्रमण देखिएको छ। जसमध्ये एक जना उपचारपछि सन्चो भएर घर फर्किसकेका छन् भने ८ जना आइसोलेसनमा छन्। संक्रमण देखिएका ८ जना विदेशबाट आएका हुन्।
उनीहरुको सम्पर्कमा आएकाहरुको नमूना परीक्षण गर्न सकिएको छैन। शंकास्पदहरुको नमुना परीक्षण गर्न सके यहाँको बास्तविक विवरण आउने कतिपयले आँकलन गर्छन्। चीनले वुहानमा घरघरमा गएर आम नागरिकको नमूना परीक्षण गरेको थियो। जसका कारण उसले यस्तो महामारीको संक्रण फैलिन दिएन र स्थिति नियन्त्रणमा लियो। जनतामा कोरोनाको जोखिम कति छ भनेर चेक गर्ने एप्स ल्याएको छ ।

याे एप्समा किल्क गर्नुहाेस  

यस्तो अबस्थामा अब घरमै बसेर कोरोना संक्रमण भए नभएको प्रारम्भिक अनुसन्धान गर्नुहोस ।

त्यहाँ दिइएका विकल्पहरुको तपाइले उत्तर दिइसकेपछि अनलाइन सिस्टमले एउटा नतिजा निकाल्छ। तपाइलाई कोरोनाको कत्तिको जोखिम छ ? समान्य, उच्च वा अचि उच्च।

यो सिस्टम निश्चित सूत्रका आधारमा बनाइएकोले यसले कोरोना भाइरसको जोखिम भएको वा नभएको देखाए पनि संक्रमण भए नभएको थाहा पाउन भने मेडिकल टेस्ट नै गर्नुपर्छ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु