यस्तो हुन्छ अब नेपाली नोटमा हस्ताक्षर


अब छापिने नयाँ नोटमा हुने हस्ताक्षर ।
 


२४ चैत । काठमाडौं :
नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा चाटर्ड एकाउन्टेन महाप्रसाद अधिकारी नियुक्त भए संगै अब छापिने नेपाली नोटमा पनि नयाँ हस्ताक्षर हुनेछ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले उनलाई गभर्नरमा नियुक्त गरेसंगै नेपाली नोटमा हुने हस्ताक्षर पनि फेरिने भएको हो ।

यसअघि नेपाली नोटमा चिरञ्जिवि नेपालको हस्ताक्षर थियो भने अब गभर्नर अधिकारीको हस्ताक्षर हुनेछ ।

अब छापिने नयाँ नोटमा हुने हस्ताक्षर ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारी सहित डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाललाइ सिफारिस गरेको थियो।

नेपाल राष्ट्र बैंकमै करिब २२ वर्ष काम गरेका अधिकारी पुर्व डेपुटी गभर्नर समेत हुन् ।

अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु