बैंकले व्याजदर घटाउने, ऋणिहरुलाई राहत


 


काठमाडौं, २४ चैत ।
कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नेपाल बैंकर्स संघले व्याजदर घटाउने सहमति गरेको छ ।

बैंकहरूबीच पटक पटक छलफल भएपछि व्याजदर घटाउने आन्तरिक सहमति भएको संघले जनाएको हो । यद्यपि यसको औपचारिक निर्णय भने भइसकेको छैन ।सहमति अनुसार वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर ५ दशमलव ५ प्रतिशत, व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर अधिकतम ८ दशमलव २ पाँच प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने बुझिएको छ ।

बैंकरहरुबीच सहमति भएको नयाँ ब्याजदर बैशाख १ गतेदेखि लागू हुनेछ । तर, बैंकहरुले एकदुई दिनमै नयाँ सहमतिअनुसारको दरअनुसार आफ्नो ब्याजदर परिवर्तन गरी आफ्नो वेबसाइट वा सार्वजनिक संचारमाध्यममा प्रकाशित गर्नेछन् । स्रोतका अनुसार बैंकहरुबीच ब्याजदरमा भद्र सहमति कायम भयो भन्ने हिसाबले निर्णय सार्वजनिक गर्दा कार्टेलिङ गरेको आरोप आउने भन्दै यसलाई निर्णयको रुपमा बाहिर नल्याउने, बरु बैंकहरुले नै यही सहमतिअनुसार ब्याजदर घटाई नयाँ दर प्रकाशित गर्ने आन्तरिक सहमति बनेको हो ।

नेपाल राष्ट्रबैंकले कोरोना भाइरसको प्रकोपका कारण थिलथिलो बनेको बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई त्राण दिने उद्देश्यले १९ बुँदे विशेष राहात प्याकेज घोषणा गरेको थियो । राहात प्याकेजमा बैंकहरुको खर्च घटाउने गरी थुप्रै बुँदाहरु समेटिएका थिए । योसँगै सरकारले पनि बैंकहरुलाई नयाँ परिस्थितिअनुसार ब्याजदर घटाउन निरन्तर दवाब दिइरहेको छ । अवस्था केही सहज बनेपछि नै समस्यामा परेका देशको अर्थतन्त्र जोगाउन, निजी क्षेत्रहरुका लागि सहज अवस्था सिर्जना गर्र्ने उद्देश्यले बैंकरहरुबीच ब्याजदर घटाउने सहमति बनेको ती बैंकरले बताए ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु