
1 year ago
कपिलवस्तु, २५ चैत । कपिलवस्तु जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु भएको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आशंकामा उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।
शुक्रबारदेखि अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका–२, जलैयाका ३० वर्षीय गोवर्धन भरको सोमबार राति मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिएका छन् । उनले युवकको मृत्युबारे अहिले थप कुरा बताउन नसकिने बताए ।
ज्वरो आएकी महिलालाई अस्पतालले भर्ना गर्न नमानेपछि ज्यान गयो
भरको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ, तर रिपोर्ट आउन बाँकी रहेको कपिलवस्तु अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । रिपोर्ट आएपछि मात्र युवकको मृत्युबारे थप जानकारी दिन सकिने र शवलाई परिवारको जिम्मा लगाइने कपिलवस्तु अस्पतालले जनाएको छ ।
अन्तिम पटक अपडेट गरिएको : December 23rd, 2020,
प्रतिकृया दिनुहोस्