कोरोना बारे नयाँ तथ्य फेला, २७ फिट टाढासम्म फैलिन्छ भाइरस


 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०९ देशमा फैलिएको छ।

कोरोना नियन्त्रणका लागि हरेक देशले सामाजिक दूरी कायम राख्न अपिल गरिरहेका छन्।

हालै सामाजिक दूरीका बारेमा अमेरिकामा भएको अध्ययनबाट नयाँ तथ्य सार्वजनिक भएको छ।

कोरोना भाइरसविरुद्ध जुन सामाजिक दूरी कायम गरिएको छ त्यो त्यति प्रभावकारी नरहेको अथ्ययनले देखाएको छ।

यसले संक्रमण फैलिनका लागि रोक्न धेरै सहयोग नमिल्ने अध्ययनले देखाएको छ। ३ फिटको दूरी वाला नियम नकार्दै उक्त नयाँ अध्ययनले २७ फिटको दूरीमा पनि कोरोना भाइरसको संक्रमण सर्न सक्ने चेतावनी दिएको हो।

यो खुल्ला हावामा एक घण्टासम्म बाँच्ने अध्ययनले देखाएको छ। खोकी र हाछ्युको गतिमाथि अध्ययन गर्ने एसोसिएट प्रोफेसर लिडिया ब्यारोइबाले यस्तो दाबी गरेका हुन्। उनले ६ फिटको सामाजिक दूरी राख्ने दिशा निर्देशन १९३० दशकको पूरानो मोडलमा आधारित रहेको पनि बताएका छन्। उनको यो अध्ययनलाई न्यूर्योक पोस्टको वेबसाइटले पनि प्रकाशन गरेको छ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु