चार अभिनेत्रीका चार रेष्टुरेन्ट : बार चल्यो, भीषा लाग्न छोड्यो


 

केही बर्ष अघिसम्म नेपाली चलचित्रकी अभिनेत्रीहरुको मुख्य उदेश्य अमेरिका, क्यानडातिर जाने हुन्थ्यो । चलचित्रबाट चर्चा कमाउने अमेरिका, क्यानडा र यूरोपको भीषा लगाउने । तर पछिल्लो समय अभिनेत्रीहरु गन्तब्य फेरिएको छ । नेपालमै ब्यवसाय सञ्चालन गर्न थालेका छन् । सवै अभिनेत्रीहरुले रेष्टुरेन्ट ब्यवसाय नै सञ्चालन गरेका छन् ।

काठमाडौं । नेपाली चलचित्रमा नम्रता श्रेष्ठ, ऋचा शर्मा, श्वेता खड्का र बर्षा राउत चल्तीकी अभिनेत्री हुन् । नेपाली समाजमा सर्वाधिक रुचाइएकी यी अभिनेत्रीले अभिनय गरेका चलचित्र पछिल्लो समय औषत छन् । उनीहरुको अभिनय हेर्न हलमा दर्शक कति आउँछन् ? त्यसको एकिन छैन तर उनीहरुले चलाएको रेष्टुरेन्ट ब्यवसायमा खाजा खानेको भने भीड नै लाग्ने गरेको छ ।

केही बर्ष अघिसम्म नेपाली चलचित्रकी अभिनेत्रीहरुको मुख्य उदेश्य अमेरिका, क्यानडातिर जाने हुन्थ्यो । चलचित्रबाट चर्चा कमाउने अमेरिका, क्यानडा र यूरोपको भीषा लगाउने । तर पछिल्लो समय अभिनेत्रीहरु गन्तब्य फेरिएको छ । नेपालमै ब्यवसाय सञ्चालन गर्न थालेका छन् । सवै अभिनेत्रीहरुले रेष्टुरेन्ट ब्यवसाय नै सञ्चालन गरेका छन् ।

केही बर्षअघिका अधिकाँस अभिनेत्रीहरु अमेरिकामा भेटिन्छन् । जल शाहदेखि करिष्मा मानन्धरले पनि अमेरिकाकै गन्तब्य बनाएका थिए । करिष्मा पछिल्लो समय भने नेपालमै बस्न थालेकी छिन् ।

नम्रता श्रेष्ठ नेपाली चलचित्रकी सर्वाधिक सफल अभिनेत्री हुन् । तर उनको गुजारा चलचित्रबाट मात्रै हुन सकेन । एउटा चलचित्रबाट उनले १५ लाख पारिश्रमिक लिने गरेकी छिन् । तरपनि उनले काठमाडौमा एपिक रेष्टुरेन्ट एण्ड वार सञ्चालन गरेकी छिन् । चलचित्रभन्दा रेष्टुरेन्ट एण्ड वार चम्केको छ ।

ऋचा शर्मा पनि सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । उनको पारिश्रमिक पनि महँगो नै छ । तरपनि उनले आफ्नो गुजारा चलाउन रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गरेकी छिन् । पाङ्ग्रा एक्स्प्रेस नामक उनले रेष्टुरेन्ट चलाएकी छिन् । रेष्टुरेन्टबाट उनले राम्रै आम्दानी पनि गरिरहेकी छिन् ।

चलचित्र र ब्यवसायलाई सँगसँगै अगाडी बढाएकी अभिनेत्री श्वेता खड्का अन्य अभिनेत्रीभन्दा अगाडी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि उनी निकै विछिप्त बनेकी थिइन । तरपनि उनले न फिल्म क्षेत्र छोडिन् नत ब्यवसाय । श्वेताले धेरै ब्यवसायमा हात हालेकी छिन् । यी मध्ये एउटा रेष्टुरेन्ट ब्यवसाय पनि छ । हिमाल जावा कपी सव सञ्चालन गरेकी छिन् ।

पछिल्लो समयकी लोकप्रिय अभिनेत्री बर्षा राउत विवाह बन्धनमा बाँधिएकी छिन् । विवाह बन्धनमा बाँधिनुभन्दा पहिलेदेखि उनी पनि रेष्टुरेन्ट ब्यवसायी हुन् । उनले पति संजोग कोइरालासँग मिलेर पछिल्लो समय रेष्टुरेन्ट र कपी सप सञ्चालन गरेकी छिन् ।

प्रकाशित भएको : August 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु