पोखराकी शुरतीले ल्याइन कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए


 

पोखरा, १८ साउन / पोखराकी एक विद्यार्थीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल भएकी छन् ।पोखराको प्रतिभा सेकेन्डरी स्कुलबाट कक्षा १२ को परीक्षामा सहभागी भएकी शुरती पाण्डेले उत्कृष्ट जिपिए ल्याउदै नेपालमा उत्कृष्ट जिपिए ल्याएको दावी गरेकी छन् ।

शुरती पाण्डेले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए ।उनले आफुले लक्ष्य निर्धारण गरेर अध्ययन गरेका कारण सफल बन्न सफल भएको बताइन् ।

शुरती पाण्डेले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए ।उनले आफुले लक्ष्य निर्धारण गरेर अध्ययन गरेका कारण सफल बन्न सफल भएको बताइन् ।

हेर्नुहोस यस वर्षको कक्षाा १२ को नतिजाको विश्लेषण

नियमित तर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १ सय ५३ मध्ये सबै भन्दा माथिल्लो जीपए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा ३ हजार ६७ रहेका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ रहेको छ ।

सबै भन्दा धेरै विद्यार्थी २.०१ देखि २.४० जिपीए ल्याउने छन् उक्त समूहमा ८६ हजार २ सय २७ रहेका बोर्डले जनाएको छ । यसैगरी १.६१ देखि२.०० जिपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ र २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३ रहेको छ ।

१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेका बोर्डले जनाएको छ ।

ग्रेडिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिक तर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गत वर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार प्रकाशित गर्न थाले पनि आँशिकको भने पुरानै तरिकाले सार्वजनिक गर्दै आएको छ ।

दुई बर्ष अघि सम्म पहिलो चरणमा विज्ञानको मात्रै नतिजा सार्वजनिक गर्ने क्रमलाई अन्त्य गर्दै बोर्डले गत बर्षबाट सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न शुरु गरेको हो । गत बर्षको नतिजा साउन १७ गते सार्वजनिक भएको थियो । यस बर्षको नतिजा सार्वजनिक गर्नु अघि सोमबार दिउँसो बसेको बोर्ड बैठकले नतिजालाई अन्तिम रुप दिने औपचारिक निर्णय गरेको थियो ।

प्रकाशित भएको : August 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु