तरकारीबाट विष घटाउने घरेलु तरिका र विधि यस्तो छ (भिडियो)


 

तरकारी, फलफूल तथा खाद्यान्नमा विषादीको अत्यधिक प्रयोगका कारण मानव स्वास्थ्यमा असर गरेका समाचार बारम्बार आइरहेका छन् । विषादीको उचित प्रयोग र नियन्त्रणका लागि सरकारी निकायले अभियान सञ्चालन गरेको भए पनि विषादी प्रयोगले निम्त्याउने बहुआयामिक खतराको ज्ञान नहँुदा कृषकहरूले तरकारी, फलफूलमा मानव स्वास्थ्यलाई हानी पु¥याउने विषादीको प्रयोग जारी नै राखेका छन् ।

नेपालमा विषादी प्रयोगको अवस्था र मात्रा बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएका छन् । नेपालमा हाल ३९६ ग्राम प्रति हेक्टरको दरले विषादी प्रयोग भइरहेको कृषि विकास मन्त्रालय अन्तरगतको बाली संरक्षण निर्देशनालयले जनाएको छ । जसमध्ये तरकारीमा विषादीको प्रयोग बढी देखिएको छ । तरकारीमा मात्र एक हजार ६५० ग्राम विष प्रतिहेक्टरका दरले प्रयोग भइरहेको छ । सरकारी तथ्याङ्कले विषादी आयात बढेको देखिन्छ । आ.व. २०७१÷७२ मा चार सय ५४ दशमलव ६ मेट्रिक टन विषादी आएको निर्देशनालयको तथ्याङ्क छ । आयातितमध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्र प्रयोग भएको निर्देशनालयले संसदीय समितिमा पेस गरेको प्रतिवेदनले देखाएको छ ।

तरकारी, फलफूल र खाद्यान्नमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको भन्दै विषादी प्रयोगको अवस्था र नियन्त्रणका लागि चाल्नुपर्ने कमदका सम्बन्धमा अध्ययन गर्न संसद्को कृषि तथा जलस्रोत समितिले एक उपसमिति गठन गरेर अध्ययन सुरु गरेको छ । संसदीय समितिको बैठकमा सांसदहरूले समेत अत्याधिक विषादी प्रयोग भएको भन्दै विषादीयुक्त तरकारी भान्छामा लैजान छाडेको बताएका थिए । तरकारी फलफूलमा विषादीको प्रयोगका कारण सर्वसाधारण उपभोक्तामा क्यान्सर, मिर्गाैला खराबी र पक्षघात जस्ता समस्या आउने चिकित्सक बताउँछन् ।

तरकारी तथा फलफूलमा विषादी परीक्षणका विभिन्न घटनाक्रमले आम उपभोक्ता तरकारी तथा फलफूलको विषयमा सावधान छन् ।विषादीको प्रकार र मात्रा नाङ्गो आखाँले थाहा पाउन सकिदैन ।तर तरकारी वा फलफूल किन्दा र भान्साकोठामा ल्याएपछि के के कुरामा ध्यान दिँदा विषादीयुक्त तरकारीबाट बँच्न सकिन्छ त ।हामीले यस सम्बन्धी भिडियो सामग्री तयार पारेका छौँ ।

प्रकाशित भएको : August 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु