
काठमाडौं । सरकारले प्रहरीको तलव काट्ने भनेपछि अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ । यसैमा आक्रोस पोख्दै नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संकटका बेला दिनरात सुरक्षामा खुटिएका चिकित्सक र सुरक्षाकर्मीहरूको तलव नकाट्न सुझाव दिएका छन् ।
बिहीबार थापाले ट्वीट गर्दै सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव काटेर कोषमा राख्न सुझाव दिएका हुन् ।
‘महासंकटको यो घडीमा हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब, भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं’, थापाले भनेका छन् ।
चिकित्सक र सुरक्षाकर्मीहरूको तलव काटेर कोरोना भाइरसको रोकथाम, उपचार तथा राहतका लागि स्थापना गरिएको कोषमा जम्मा गर्न भनेपछि सांसद थापाले तलव नकाट्न सुझाव दिएका हुन् ।
नेपाल प्रहरीको यो निर्णयको पूर्वराजा ज्ञानेन्द्र देखि लिएर सर्वसाधारणले विरोध गरिरहेका छन् ।
महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।
— Gagan Thapa (@thapagk) April 9, 2020
लकडाउनको अवधिमा दिनरात फिल्डमा खटिने प्रहरीको तलब नकाटेर नेता,संसद सबैको काटेर कोषमा जम्मा गर्न चौतर्फी माग हुन थालेको छ। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको हो। दिनरात ड्युटीमा खटिने प्रहरीको तलब काटेर निरुत्साहित गर्ने मात्र काम भएको कतिपयको गुनासो छ।
र यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्