डेन्टल कलेजमा अध्ययनरत विद्यार्थीले थु ने कलेजकै कर्मचारी


 
  • इरफान अलि

एम.बी केडिया डेन्टल कलेजका विद्यार्थीहरुले कलेजमा कार्यरत कर्मचारीलाई थु ने का छन् । कर्मचारीहरुको आ न्दो ल न ले पढाइमा प्रभावित भएपछि विद्यार्थीहरुले कर्मचारीहरुलाई एउटा कोठामा लगेर थु ने का हुन् ।

कलेजमा कार्यरत कर्मचारीहरुलाई विगत १३ महिनादेखि व्यवस्थापन पक्षले तलब उपलब्ध नगराए पछि आ क्रो शि त कर्मचारीहरुले कलेजको आकस्मीक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेर आ न्दो ल न मा उत्रेका हुन् ।

कर्मचारीहरुको आ न्दो ल न ले गर्दा पढाइ नै प्रभावित भएपछि विद्यार्थीहरुले कलेजमा कार्यरत कर्मचारीलाई थु ने का हुन । नियमित पढाई सुचारु हुनुपर्ने माग राखेर विधार्थीहरु आन्दोलनमा उत्रिदा व्यवस्थापन पक्षले प्रहरी प्रशासन लगाएर द म न गर्ने प्रयास भइरहेको समेत विद्यार्थीहरुले गुनासो गरेका छन् ।

समस्या समाधानका निम्ति व्यवस्थापन पक्षका राजेश केडियालाई बोलाउँन आग्रह गर्दा प्रहरीले जबरजस्ती बल प्रयोग गरी ताल्चा फोडेको छ भने आन्दोलित विद्यार्थीहरुलाई कलेजको गेट बाहिर निकालेको हो ।

कलेजमा कार्यरत १० जना चिकित्सकलाई १३ महिना, १५ जना कार्यरत शिक्षकलाई ६ महिना र २५ जना कार्यरत कर्मचारीलाई ५ महिनादेखि व्यवस्थापन पक्षले तलब दिएको छैन । समयमै तलब नदिएपछि कलेजमा कार्यरत कर्मचारीहरुले आकस्मिक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेर शान्तिपूर्ण आन्दोलन शुरु गरेको कर्मचारीहरुले बताए ।

तलब उपलब्ध गराउन व्यवस्थापन पक्षसँग कुरा गर्दा पटक पटक आश्वासन मात्र दिने गरेका छन् । तर, तलब भत्ता भने दिएका छैनन् । व्यवस्थापन पक्षको लापरवाही बारे श्रम तथा रोजगार कार्यालय पर्सामा समेत लिखित पत्रचार गर्दा समेत कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेको र्कमचारीहरुले गुनासो गरेका हुन ।

प्रकाशित भएको : August 3rd, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु