‘प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा कामै गर्न दिनुभएन, नत्र यस्तो अवस्था आउने थिएन’- उपेन्द्र यादव !


 

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सीमा बन्द गर्नेदेखि लिएर ‘लकडाउन’ घोषणा गरेको छ । १५ दिनदेखि देश ‘लकडाउन’मा छ । सामाजिक दुरी कायम गर्दै जनता आ–आफ्नै घरमा छन् । यही सन्दर्भमा सरकारका काम कारबाहीलगायतका विषयमा केन्द्रित रहेर यसअघि २० महिनासम्म स्वास्थ्य मन्त्रालय सम्हालेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानी अहिले विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड–१९) लाई तपाईंले कसरी बुझ्नु भएको छ ?

–कोरोनाभाइरस जसलाई ‘कोभिड–१९’ नाम दिइएको छ, चीन हुँदै लगभग २०६ वटा देशमा यो फैलिसकेको छ । यसलाई यो शताब्दीको सबैभन्दा ठूलो महामारीको रुपमा लिइएको छ । अल्पविकसित वा कम विकसित मुलुकमा मात्र होइन, शाक्तिशाली मुलुकहरु पनि यसबाट नराम्री प्रभावित भएका छन् ।

यसको प्रभावलाई रोक्न, न्यूनीकरण र नियन्त्रण गर्नका लागि नेपाल जस्ता देशहरुलाई आर्थिक, राजनीतिक र साँस्कृतिक रुपले निकै समस्या परेको छ ।

भारतजस्तो लोकतान्त्रिक तथा विशाल जनसङ्ख्या भएको देशमा पनि अप्ठ्यारो स्थिति सिर्जना भएको छ । त्यही भएर यसको प्रभावबाट बच्नका लागि हामी गर्ने काम भनेको विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका र निर्देशनलाई पालना गर्ने र तत्काल मास स्केलमा स्वास्थ्य परीक्षण गर्ने नै हो ।

म स्वास्थ्यमन्त्री भएको बेला निकै ठूला प्रयासहरु गरेको थिएँ । त्यो अहिले पनि हेर्दा र बुझ्दा हुन्छ । त्यसमध्ये कतिपय कुरा कार्यान्वयन हुन समय लाग्छ । टेकुमा रहेको प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको ल्याबमा परिणत गर्ने मेरो प्रयास थियो । प्रत्येक प्रदेशमा राष्ट्रियस्तरको ल्याब बनाउने योजना थियो । प्रत्येक प्रदेशमा उच्चस्तरका स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासहरु भइरहेको थियो । तर, त्यसमा प्रधानमन्त्रीबाट नै सहयोग भएन । त्यतिबेला त्यसलाई अगाडि बढाएको भए अहिले त्यो काम लाग्ने थियो नि त ।

प्रदेशमा साधन स्रोत केही छैन । न आफ्नो पुलिस छ न आफ्नो पियन छ । यो अवस्थामा कसरी काम गर्न सकिन्छ ? यो अवस्था बनाउनु नै ठूलो पागलपन हो र गलत कार्य हो । यस कार्यलाई सुधार्नुपर्छ । दोस्रो कुरा के हो भने प्रदेश २ लगायत अन्य प्रदेशका सरकारले काम गर्न चाहन्छन्, जति सक्दो आफ्नो जनतलाई सुरक्षित राख्ने, राहत दिन चाहन्छन् तर सोही अनुसारको सहयोग केन्द्रबाट भइरहेको छैन ।

अन्तिम पटक अपडेट गरिएको : April 29th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु