
1 year ago
मुम्बई । अनुष्का शर्मा बलिउडमा ग्ल्या*मर अभिनेत्रीका रुपले पनि चिनिने गर्छिन् । उनले हालै फिल्मफेयरसँग लामो कुराकानी गरिन् । जुन कुराकानीको बलिउडमा चर्चा भयो । उनले आफूले फिल्मबाट ब्रेक लिएको कारण पनि खुलाइन् । साथै एक फोटो*शूट पनि गराइन् ।
बताउनै पर्दैन कि, स्टाइलको मामलामा अनुष्कालाई सबैले रुचाउने गरेका छन् । तस्वीरको चर्चा पनि हुने गर्छन् । तर यतिबेला भने उनले ट्रोलको सामना गर्नुपरेको छ ।
अनुष्काको एक तस्वीरमा युजर्सले भ*द्दा कमेन्ट पनि गरेका छन् । कतिले त उनलाई अश्ली*ल गाली समेत गरेका छन् । यसलाई अनुष्काले भने मान्छेको सोच्ने तरिकाका रुपमा लिएको भारतीय मिडियाले जनाएका छन् ।
अहिले मात्र होइन, यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए । तर, अनुष्काले आफ्नो ग्लया*मर फोटोशूट भने गराइरहेकी हुन्छिन् ।
प्रकाशित भएको : August 3rd, 2019
प्रतिकृया दिनुहोस्