कोरोनाको उपचार गराइरहेका व्यक्तिको श्रीमतीमा पनि संक्रमण, संख्या ४३ पुग्यो


 

उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए।

उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए।

यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्।

योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ। उनीहरू सबै भुल्केका हुन्।

मंगलबार मात्र सोही बस्तीका ११ जनामा कोरोना देखिएको थियो।

अन्तिम पटक अपडेट गरिएको : December 23rd, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु