सुदूरपश्चिममा तीन जनाले जिते काेराेना


 

काठमाडाैं । कैलालीकाे सेती प्रादेशीक अस्पतालमा उपचाररत तीन जनाले केाराेनालाइ जितेका छन् । सुदूरपश्चिमका तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति पनि डिस्चार्ज भएसँगै सुदूरपश्चिममा निकाे हुनेकाे संख्या तीन पुगेकाे हाे ।

तेश्रो र चौ‌ंथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४० वर्षीय इन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ।१४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका उनी क्वारेन्टाइनमा बसेका थिए। २२ चैतमा र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।


यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही कोरोनालाई जितेर घर फर्किसकेका छन्। हाल सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका- ५ कि ३४ वर्षीया महिला र लम्की चुहा नगरपालिका वडा- १ कि ५२ वर्षीया महिलाको उपचार भइरहेको छ।

इन्द्रसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ पुगेको छ। तेश्रो र चौ‌ंथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४० वर्षीय इन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु