आज बेलुकाबाट भारी वर्षा र चट्याङ पर्ने, सतर्क रहन मौसमविद्को आग्रह !! सक्दाे शेयर गराै


 

आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना छ। यसैकारण बेलुकादेखि मौसमी गतिविधि (वर्षा हुने) बढ्ने सम्भावना रहेको उनले बताइन्।‘हामीले जुन-जुन स्थानमा वर्षा हुने प्रक्षेपण गरेका छौं, ती स्थानमा पहिरो जाने तथा खोलानाला बढ्ने सम्भावना देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘त्यही भएर सतर्क हुन आवश्यक छ।’

काठमाडौं उपत्यकामा कस्तो रहन्छ मौसम ? काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली भएको छ। केही स्थानमा छिटफुट वर्षा पनि भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।तर काठमाडौंमा मौसम मौसम खुल्ने सम्भभावना पनि रहेको उनले बताइन्। ‘पानी त पर्छ तर केहीबेर मौसम खुल्ने सम्भावना पनि छ,’ उनले भनिन्।

प्रकाशित भएको : August 4th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु